जसपाले बेालायो कार्यकारिणी समिति बैठक, के छन् एजेन्डा ?

Call24News

धनगढी-जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समिति बैठकको बोलाएको छ । जसपा बैठक मंगलबार बालकुमारीस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाएको हो ।

अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।

Dengue

केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनमा पार्टीको अवस्था के हुने भन्नेलगायत विषयहरूमा टुंगो लगाउने बताए ।

‘अध्यक्षज्यू, निरन्तर काठमाडौंबाहिर हुनुभयो । नियमित छलफलसमेत हुन पाएको छैन,’ उनले भने, ‘यो बैठकमा समसामयिक राजनीतिक विषयहरूमै छलफल हुन्छ, र राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका विषयमा टुंगो लगाउँछौँ ।’
आगामी फागुनमा पदावधि सकिने २० सदस्यमध्ये जसपाका एक सांसद छन् । त्योसहित जसपाले गठबन्धनमा ४ सिटमा दाबी गर्दै आएको छ । तर, गठबन्धनमा सिट बाँडफाँडको विषयमा अझै टुंगिएको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार