फेवाताल किनारमा साइकल यात्रा 

Call24News

पोखरा : अंग्रेजी नयाँ वर्ष २०२४ लाई स्वागत गर्न पोखराको फेवाताल किनारमा सडक महोत्सवको तयारी गरिएको छ।
रेष्टुरेन्ट एन्ड बार एसोसिएसन ९रेवान० पोखराको आयोजनामा यस वर्ष २५औं सडक महोत्सव हुन लागेको हो। सडक महोत्सवको प्रबद्र्धन गर्न शनिबार पोखराका बैदामबाट घाँटी छिदासम्म ३० किलोमिटर साइकल यात्रा गरिएको रेवानका अध्यक्ष नरेश भट्टराईले बताए।

पोखरा र अन्नपूर्ण पदयात्रामा आउने पर्यटकहरू अंग्रेजी नयाँ वर्ष र क्रिसमस मनाउन गरी आफ्नो देश अथवा भारतको गोवालगायतका क्षेत्रमा जाने गर्दथे। त्यतिबेला पोखराको पर्यटन उद्योग र पर्यटकीय गतिविधि अहिलेको जस्तो थिएन।

Dengue

असोजदेखि पर्यटक आउने क्रम बढेर क्रिसमस र अंग्रेजी नयाँ वर्षको आसपाससम्म पर्यटकका चहलपहल हुन्थ्यो। अंग्रेजी नयाँ वर्ष र क्रिसमस मनाउन अन्यत्र जाने पर्यटकलाई पोखरामा नै रोक्न सडक महोत्सवको कन्सेप्ट ल्याएको रेवान पोखराका संस्थापक गणेश भट्टराई बताउँछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार