शान्तिबादी नीतिबाट पछि हट्यो जापान : आफूले बनाएको प्याट्रियट मिसाईल अमेरिकालाई दिने निर्णय

Call24News

टोकियो । जापानले आफ्नो शान्तिवादी नीतिबाट पछि हट्दै हतियार निर्यात नियम परिवर्तन गरेर अमेरिकालाई प्याट्रियट एयर डिफेन्स मिसाइल पठाउने बताएको छ । जापानको यो कदमको ह्वाइट हाउसले स्वागत गरेको छ ।जापानबाट यी मिसाइलहरू प्राप्त गरेपछि अमेरिकाले अब आफ्नो भण्डारबाट युक्रेनमा थप हतियार पठाउन सक्ने बताइएको छ ।

रुस र युक्रेनबीच चलिरहेको युद्धमा पश्चिमी देशहरूले हतियारको अभाव झेलिरहेका छन् । प्याट्रियट मिसाइल अमेरिकाले युक्रेनमा पठाएको सबैभन्दा अत्याधुनिक हतियार हो।हालसम्म, जापानले उत्पादन अनुमतिपत्र जारी भएका देशहरूलाई इजाजतपत्र प्राप्त उपकरणका कम्पोनेन्टहरू मात्र आपूर्ति गर्दै आएको थियो। तर नयाँ नियम अनुसार जापानले अब तयारी सामान पनि पठाउन सक्नेछ ।जापानमा, प्याट्रियट मिसाइलहरू अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिन र आरटीएक्सबाट लाइसेन्स अन्तर्गत मित्सुबिशी हेवी इंडस्ट्रीजद्वारा निर्माण गरिन्छ।जापानी सरकारले शुक्रबार परिवर्तनको घोषणा गरेको केही समयपछि परराष्ट्र मन्त्रालयले “जापान(अमेरिकी गठबन्धनलाई अझ बलियो बनाउन” अमेरिकामा प्याट्रियट मिसाइलहरू पठाउने बताएको छ।

SHIKHAR COOL TECH

विज्ञप्तिमा भनिएको छ कि यी मिसाइलहरू अमेरिकालाई मात्र दिन सकिन्छ।कुनै पनि तेस्रो देशमा पठाउनु अघि जापानको स्वीकृति आवश्यक हुनेछ। जापानमा युद्धग्रस्त देशहरूमा हतियार निर्यात गर्न अझै प्रतिबन्ध छ।

यसको मतलब जापानमा बनेको प्याट्रियट मिसाइलले युक्रेनमा हतियार पठाउँदा अमेरिकाको हतियार भण्डारमा आएको कमीलाई पूर्ति गर्न सक्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार