धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

Call24News

धनगढी: कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ इ गाउँमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय पप्पुबहादुर कामीको मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार उनले चलाएको से ५ प ४७७५ नम्बरको मोटरसाइकल शनिवार राति अनियन्त्रित भएर दुर्घटना भएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाका पप्पुको सेती अस्पतालका चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।

SHIKHAR COOL TECH

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार