मानव सेवा आश्रमको आमा सेमिनार सम्पन्न

Call24News

धनगढी- मानव सेवा आश्रमको आमा सेमिनार सम्पन्न भएको छ। धनगढी ४ मा रहेको रिद्धी सिद्धी पार्टी प्यालेसमा आज दिउसो २ बजे देखि ५ बजे सम्म आमा सेमिनार सञ्चालन गरिएको मानव सेवा आश्रमका अभिभावक प्रमुख सिद्धराज पनेरुले बताए ।

मानवता प्रवर्द्धन महाअभियान लाई जोड दिएर आमा सेमिनार को आयोजना गरिएको मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले बताउनुभयो। आमा सेमिनार नेपालका विभिन्न ठाउँमा गरिएको र सोहीअनुसार धनगढीमा पनि गरिएको संस्थापक अधिकारीले बताए ।

Dengue

सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश देउवाको प्रमुख आतिथ्यतामा करिव ५ सय भन्दा धेरैको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको कार्यक्रमको स्वयंसेवामा खटिएका स्वयंसेवक प्रविन चन्दले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार