कञ्चनपुरको हल्दुखालमा किसानलाई हाते ट्रयाक्टर वितरण,अनुदानमा ट्रयाक्टर पाएपछि किसान खुसी

Call24News

बेदकोट (कञ्चनपुर)- कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको हो ।

पूर्वसांसद डा दीपकप्रकाश भट्टले हल्दुखालका ३५ किसानलाई ट्रयाक्टर हस्तान्तरण गर्नुभयो । कृषिमा आधुनिकीकरणका साथै व्यावसायिक कृषिमा हाते ट्रयाक्टरले सहजता थप्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Dengue

भीमदत्त नगरपालिका वडा नं ७ का अध्यक्ष गणेश चन्दले सरकारी अनुदानमा ५० प्रतिशत किसानको लागतमा हाते ट्रयाक्टर वितरण गरिएको बताउनुभयो । “पहिलोपटक ३५ जना किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । यो ट्रयाक्टर किसानले आधा सहुलियतमा पाएका हुन्”, उहाँले भन्नुभयो, “कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले अनुदानमा ट्रयाक्टर वितरण गरिएको हो ।”

अनुदानमा ट्रयाक्टर पाएपछि किसान खुसी भएका छन् । खेत जोत्नका लागि अनुदानमा ट्रयाक्टर पाएपछि निकै सहज हुने भीमदत्त नगरपालिका–७ का स्थानीय खेमराज भट्टले बताउनुभयो । “गोरु वा भाडामा ट्रयाक्टर ल्याएर खेत जोत्नुपथ्र्यो । अब त्यो बाध्यता हट्नेछ”, उहाँले भन्नुभयो, “खेत जोत्नका लागि थोरै समय लाग्नेछ । अनुदानमा ट्रयाक्टर पाउँदा निकै खुसी लागेको छ ।”

किसानले अनुदानमा रु एक लाख २५ हजारको लागतमा ट्रयाक्टर पाएका हुन् । “बजारमा किन्दा रु साढे दुई–तीन लाख पथ्र्यो । किन्न सकिने अवस्था थिएन”, उहाँले भन्नुभयो, “बजार मूल्यको आधा सहुलियमा घरमै ट्रयाक्टर पाएका छौँ ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार