काठमाडौँ– पोखरामा मकैको खोया प्रहार भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यम ‘कान्तिपुर’लाई कुकुरको संज्ञा दिएका छन् ।
लमजुङको राइनास गाउँपालिका स्थायी ठेगाना भएका सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेपछि त्यसबारे कान्तिपुरले लेखेको समाचारप्रति रविले ‘हात्ती लम्कदै गर्दा कुकुर पनि भुक्नु हुन्न’ भन्दै खण्डन गरेका छन् ।
उनले आज एक भिडिओ नै सावैजनिक गर्दै भनेका छन्, ‘सञ्चारगृहले एउटा नयाँ नेतासँग प्रतिशोध साँधेको राम्रो नदेखिएला । मन माझौँ र बेथितिबिरुद्ध संगै लडौँ, एक अर्कासँग नलडौँ । मैले कसैलाई ठगेको छैन, बरु किर्तेको सिकार भएको जस्तो देखिन्छ, पीडित देखिन्छु । बिना प्रतिशोध खुल्ला रिपोर्टिङ गर, म सघाउन तयार छु। तर खोयाको टुक्रोमा टेकेर प्रहार गर्न त कतिन्जेल सकिएला र?’
उनले अगाडी लेखेका छन्, ‘हिजोसम्म म सोच्थें हात्ती लम्किदै गर्छ, कुकुर भुक्दै गर्छ । आज म भन्दैछुस् हात्ती लम्कदै गर्दा कुकुर पनि भुक्नु हुन्न, छर–छिमेकीलाई डिस्टर्ब हुन्छ।’
उनले यस्तो लेखेका छन्
मलाई खोया प्रहार गर्ने मानिस प्रहरीको नियन्त्रणमा पुगेपछि न कुनै मिडियाले उसलाई भेटेको छ, न कुनै पत्रकारले भेटेको छ । तर कान्तिपुरलाई भने अलौकिक शक्ति प्राप्त रहेछ ।
प्रहार गर्नेको नाममात्र होइन कुन सहकारीको वचतकर्ता भन्ने पनि थाहा पाउन भ्याइसकेछ। त्यो पनि प्रहरी सँग कुरै नगरी, हान्ने मान्छेलाई भेट्दै नभेटी । वाह कान्तिपुर ! ‘ह्वाट् अ प्लान, वेल प्लेड’ आक्रमण हुनु पुर्व नै न्युज तयार ? यो पो पत्रकारिता । कान्तिपुरलाई थाहा होस् कि पत्रकारिता मैले छोडेको हुँ भुलेको होइन । उ लेख्छ, मैले सहकारीको विषयमा बोलेपछी प्रहार भयो । जबकी प्रहार गरिएको ५–७ मिनेट पछि मात्रै मैले सहकारीको विषयमा बोलेको छु। तर न्युज त प्लान बनाउदै ड्राफ्ट भैसकेको थियो । योजना त पहिलेनै बनेको थियो । ‘वेल प्लेड’ कान्तिपुर । सुर्यदर्शन सहकारीबाट मैले एक करोड लिएको भन्ने फर्जी कागज (शायद सहकारीले) तयार गरेर मलाई बदनाम गर्ने महिनौंको प्रयास र योजना मैले बुझेको थिएं । तर यति तल्लो स्तरमा त नगिर्लान् कि भन्ने लागेको थियो ।
मैले करोड ऋण लिएको भए सम्झौताको कागज होला, धितो होला, दायाँ बायाँ ल्याप्चे होला। साक्षी जमानी होलान् । तैपनि ऋणी भएकै भए तिर् भन्ने पत्र आउला, तागेता गर्लान् । लिएकै प्रमाणीत भए तिरौला पनि । यत्रो ऋण लिनेलाई नै कुनै अत्तो पत्तो छैन । हिजो भर्खरै सहकारी पीडितहरुसँग कुरा गरेर आफ्नो कुरा स्पष्ट पारेर, उहाँहरुबाट ज्ञापन पत्र बुझेर म पनि पीडित पो भएछु भन्ने कुरा जानकारी लिएर दिएर उहाँहरुलाई न्याय दिलाउने वचन वद्दता दिएर छुटिएको हुँ । ग्यालेक्सी सँगको मेरो कुरा सफाचट छ, क्लियर छ। तर पीत पत्रकारीता गर्ने हरुले खेद्छन् भनेरै ग्यालेक्सी टिभीको आफ्नो पहिलो एपिसोड र छोडेको दिनको अन्तिम एपिसोडमा आफ्नो हिसाब आम जनातालाई स्पष्ट बुझाएको थिएंँ । इच्छुकले खोजेर हेर्नूहोला ।
कान्तिपुरले २ मिनेट लगाएर प्रहरीलाई सोधेको भए सबै छर्लङ्ग हुन्थ्यो। तर उ त्यसो किन गर्थ्यो। उसलाई त त्यहि खोयाको टुक्रोमा टेकेर यस पछि रबिले सुर्य दर्शन सँग करोड लिएको समाचार तर्फ प्रवेश गर्नु छ।तर म आफैले पुरानो पत्रकारको नाताले २ मिनेट समय निकालेर कान्तिपुरको काम आफै गरेर दुधको दूध पानीको पानी छुट्याइदिएको छु । भर्खरै मैले कास्की प्रहरीका प्रमुख एस पी मोहन थापासँग गरेको कुराकानी पनि ध्यानले हेर्नू, सुन्नु होला । मलाई खोजी पत्रकारीतामा नतान कान्तिपुर। तान्यौ भने यो लडाइ धेरै पर जान्छ । र मसँग इमानको लडाइ लड्न सक्दैनौं , सक्दै त सक्दैनौं। म आक्रोश प्रतिशोध बाट माथी उठ्न चाहन्छु ।
म यो देशको बेथिति विरुद्ध लड्न आएको हुँ, तिमीहरुसँग लड्न आएको होइन। यो खेलमा को को लागेका छन् एक एक लाई चिन्छु। तर भो नलडौँ, अब सकौं । त्यत्रो ठुलो संचारगृहले एउटा नयाँ नेतासँग प्रतिशोध साँधेको राम्रो नदेखिएला। मन माझौं र बेथिति बिरुद्ध संगै लडौ,एक अर्का सँग नलडौँ। मैले कसैलाई ठगेको छैन, बरु किर्तेको सिकार भएको जस्तो देखिन्छ, पीडित देखिन्छु । बिना प्रतिशोध खुल्ला रिपोर्टिङ गर, म सघाउन तयार छु । तर खोयाको टुक्रोमा टेकेर प्रहार गर्न त कतिन्जेल सकिएला र ?
हिजोसम्म म सोच्थें हात्ती लम्किदै गर्छ, कुकुर भुक्दै गर्छ। आज म भन्दैछुस् हात्ती लम्कदै गर्दा कुकुर पनि भुक्नु हुन्न, छर–छिमेकीलाई डिस्टर्ब हुन्छ ।
भिडियो हेर्नू होला ।
https://www.facebook.com/100006065443699/videos/2302092423334799/
प्रतिक्रिया दिनुहोस्