अफवाह फैलाएको भन्दै चीनले बन्द गर्‍यो ३४ हजार अनलाइन

Call24News

सांघाई – अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन  खाता बन्द गरेको छ । 

चिनियाँ प्रहरीले अप्रिलमा शुरु गरेको क्र्याकडाउन कारबाहीको एक भागको रूपमा, अफवाह फैलाएको आरोपमा ३४ हजार अनलाइन खाताहरू बन्द गरेको छ भने  ६ हजार ३०० भन्दा बढी व्यक्तिहरूलाई त्यससँग सम्बन्धित अपराधमा कारबाही गरेको राज्यका विभिन्न सञ्चार माध्यमले शुक्रबार उल्लेख गरेका छन्।

Dengue

चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिष्ट पार्टीले कडा नियन्त्रणमा राखेको छ । सामाजिक स्थायित्वको रक्षाको नाममा सामाजिक सञ्जालको व्यापक सेन्सरशिप गरिएको र प्रायः नकारात्मक कथन र आलोचनालाई दबाउन यसो गरिएको बताइन्छ । 

प्रहरीले प्रहरी,  महामारी, खतरा र प्रकोप जस्ता संवेदनशील विषयमा गलत जानकारी सम्प्रेषण गर्ने जस्ता अवैध र आपराधिक गतिविधिहरूमाथि कडा कारबाही गरेको राज्य प्रसारक सिसिटिभीले शुक्रबार उल्लेख गरेको छ ।

‘अहिलेसम्म देशभरका सार्वजनिक सुरक्षा निकायले ४ हजार ८ सयभन्दा बढी अनलाइन अफवाहका घटनामा अनुसन्धान गरी अफवाह फैलाउने ६ हजार ३ सयभन्दा बढीलाई कानून बमोजिम कारबाही गरेको छ । साथै ३४ हजार अवैध खाता बन्द गरेको पनि  सिसिटिभीले जनाएको छ । यसै बीच सिसिटिभीले अप्रिलमा ‘क्लिन नेट’ अभियान शुरु भएदेखि नै प्रहरीले २७ हजार गलत सूचना मेटाएको र साइबर बुलिङका  विषयमा ५०० भन्दा बढी सामाजिक खाताहरू बन्द गरेको बताएको छ।

प्रहरीले सन् २०२४ लाई अनलाइन अफवाह विरुद्ध लड्न विशेष कार्यको वर्ष को रूपमा तोकेको छ र त्यही अनुसार कारबाही प्रक्रियालाई तीव्र पारेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार