धनगढीको हसनपुर–स्याउले सडकमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

धनगढी – धनगढीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका – ५ मा पाँच वर्षीया शान्ति भट्टको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो।

बिहिवार हसनपुर–स्याउले सडक खण्डमा से १ त ६२०४ नम्बरको ट्याक्टरले ठक्कर दिदा घाइते भएकी बालिकाको निर्सग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Dengue

बालिकाको शव सेती अस्पतालका शव गृहमा राखिएको छ। ट्याक्टर र ट्याक्टर चालक भजनी नगरपालिका – ६ का ३५ वर्षीय रामजनम चौधरी प्रहरीको नियन्त्रणमा छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार