मेरो अभिव्यक्तिप्रति आत्मलोचना गर्नपर्ने अवस्था छैन : मन्त्री किराँती

काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफ्नो अभिव्यक्तिप्रति आत्मलोचना गर्नपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो ।

Dengue

मन्त्री किराँतीले बुधबार एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण अहिले आलोचना भइरहेको छ । बिहीबारको समितिको बैठकमा सांसदहरुले पनि मन्त्री किराँतीसँग जिज्ञासा राखेपछि उहाँले यस्तो बताउनुभएको हो ।

धर्मनिरपेक्षता राष्ट्रमा सबै फूलहरु, धर्मसंस्कृतिकहरु एकै फूलबारीमा फुलेको फूल भएको र फूलबारीका कुनैपनि फूल अस्वीकार गर्नेहरु संविधान विरोधी भएको टिप्पणी गर्नुभयो । उहाँले सबै धर्मको सम्मान गर्नुपर्ने भन्दै एक धर्मले अर्को धर्मलाई नस्वीकार्नेहरु संविधान बिरोधी भएको र संविधान नमान्नेहरु देशद्रोही भएको बताउनुभयो ।

मन्त्री किराँतीले आफूले सो कार्यक्रममा सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भड्काउने कोशिष कसैले गर्नु नहुने बताएको जानकारी गराउनुभयो । उहाँले लोकतन्त्रमा सडकमा लठी घुमाउन पाइने तर अर्काको नाकमा हिर्काउन नपाइने बताउनुभयो । संविधानलाई मानेर निर्वाचन जितेर आएका सांसदहरुले संविधानसम्मत प्रश्न गर्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री किराँतीले संविधान मानिसकेपछि संविधानको लयमा बस्नुपर्ने बताउनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार