काठमाडौंमाथि वीरगञ्जको शानदार जित, ओपोकुको ह्याट्रिक

काठमाडौं -नेपाल सुपर लिगमा वीरगञ्ज युनाइटेडले डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि शानदार जित हात पारेको छ ।त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा वीरगञ्जले काठमाडौंमाथि ४–१ को फराकिलो जित हात पारेको हो । यो जितसँगै वीरगञ्जको प्ले अफको सम्भावना कायमै राखेको छ ।खेलमा अग्रता भने काठमाडौंले लिएको थियो । २०औं मिनेटमा एनकुनगुए जुनियरले वन टच गोल गरेका हुन् ।

३७औं मिनेटमा अग्रता दोब्बर बनाउन अवसर पनि पाएको थियो । वीरगञ्जका दिपेन्द्र सिंहले हिसुब थपलियालाई लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । तर सोखरुखले हानेको पेनाल्टी वीरगञ्जका किपर दीप कार्कीले रोके ।
पहिलो हाफको इन्जुरी टाइममा वीरगञ्जले पेनाल्टी पायो । सुशील लामाले हानेको बल बचाउने क्रममा काठमाडौंका आन्द्रेस नियाले ह्याण्ड गर्न पुगे । पेनाल्टीमा वीरगञ्जका विलियम ओपोकुले गल्ती गरेनन् ।दोस्रो हाफमा वीरगञ्ज हावी भयो । पहिलो मिनेटमै सुनिल खड्काले गोल गर्दै टिमलाई अग्रता दिलाए । ओबेड ओसुवुले बायाँ साइडबाट क्रस गरेको बल काठमाडौंका किपर अञ्जल श्रेष्ठले पूर्ण रुपमा बचाउन सकेनन् । त्यही बलमा भर्खरै मैदान प्रवेश गरेका सुनिलले गोल गरे ।

Dengue

५६ र ५७ औं मिनेटमा ओपोकुले लगार दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । ५६ मिनेटमा सुशील लामाको कर्नरमा हेड गोल गरेका उनले अर्को मिनेटमा सुशीलले आफ्नै बक्सबाट दिएको लामो पासमा करिव ३० यार्डबाट भली प्रहार गर्दै उत्कृष्ट गोल गरे ।यससँगै उनी एनएसएलको यो सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्दा वीरगञ्ज ४–१ को अग्रता बनाउन सफल भयो । खेलमा त्यसपछि कुनै गोल भएन, जितपछि वीरगञ्ज ७ खेलबाट ८ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । पाँचौं स्थानमा रहेको काठमाडौंको ९ अंक छ ।

७ खेलबाट ८ अंकका साथ छैटौं स्थानमा उक्लिएको वीरगञ्ज शीर्ष चारमा रहेर प्लेअफ पुग्ने होडमा सामेल भएको छ । यद्यपि प्ले अफमा स्थान बनाउन अन्तिम खेलमा बुटवललाई हराएर मात्र पुग्दैन, अरुको नतिजामा भर पर्नुपर्छ ।हारले काठमाडौंलाई पनि प्लेअफ पुग्न कठिन बनाएको छ । अब उसले अन्तिम खेलमा ललितपुरलाई हराउनुपर्नेछ, जो १० अंकसहित तेस्रो स्थानमा छ । त्यसपछि पनि झापा एफसी चितवनसँग पराजित हुनुपर्नेछ वा बराबरीमा रोकिनुपर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार