गौरीफन्टा नाकामा भारतीयबाट प्रहरी हवल्दारमाथि हातपात

धनगढी -कैलालीको गौरीफन्टा नाकामा एक नेपाली प्रहरी कर्मचारीमाथि भारतीय नागरिकले हातपात गरेका छन् ।प्रहरीको पोशाकमै रहेका ती हवल्दारमाथि भारतीय नागरिकले हातपात गरेको भिडियो हिजोआज सामाजिक सञ्जालमा भाइरल छ ।भिडियोमा देखिएका प्रहरी हवल्दार डोकेबजार प्रहरी चौकीमा कार्यरत बिष्णु भुल रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक .डी,एस.पी० प्रकाश डाँगीले बताए । उनी ३ पुसमा उपचारका लागि भारत जान लागेका भाइलाई गाडी चढाउन गौरीफन्टा नाकाको पारीपट्टी भारतीय भूमिमा गएका थिए ।

सोही क्रममा उनीमाथि भारतीय नागरिकले हातपात गरेको बुझिएको डीएसपी डाँगीले बताए । ‘उनीमाथि हातपात गर्ने व्यक्ति चिनेजानेकै हो भन्ने बुझिएको छ । सुरुमा गलामा हात राखेर कुराकानी गरेको र पछि हातपात गरेको भन्ने कुरा आएको छ’, डाँगीले अनलाइनखबरसँग भने, ‘यो विषयमा थप बुझ्ने काम भइरहेको छ ।’
उक्त घटना ३ पुसको दिउँसो करीब २ बजेतिरको भएको प्रहरीले जनाएको छ । तर भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्र हवल्दारमाथि हातपात भएको कुरा खुलेको हो । भुलमाथि हातपात गर्ने व्यक्ति भारतको पलियाका पियुस गुप्ता भएको खुलेको प्रहरी स्रोतले जनाएको छ । उनी भुलका चिनजानकै व्यक्ति हुन् ।

dashain shuvakamana
Discovery School

‘गुप्ता सीमा क्षेत्रमा आउजाउ गरिराख्थे । दुवै जनाबीच चिनजान पनि रहेछ तर त्यो दिन किन हातपात गरे खुल्न सकेको छैन’, प्रहरी स्रोतको भनाइ ।

पुर्ख्यौली घर अछाम भएर हाल कैलालीको टीकापुर बस्दै आएका भुलमाथि हातपात भएको घटना सार्वजनिक भएपछि उनलाई डोकेबजारबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती तानिएको छ ।

भुलमाथि हातपात गर्ने गुप्ता समूहलाई कारवाहीको माग गर्दैै भारतीय प्रहरीमा निवेदन दर्ता गरिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार