राप्रपा नेपालको कन्द्रीय समिति बैठक आज र भोली बस्ने

काठमाडौं : राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै छ ।केन्द्रीय समितिको बैठक आज र भोली दुई दिन चल्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

आज ९आईतबार० बिहान ११ बजे देखी बस्ने उक्त बैठकमा पार्टी अध्यक्ष कमल थापाले ‘भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको स्थापना, सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ शीर्षकको राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।

Dengue

त्यसै गरि महामन्त्री राजाराम बर्तौलाले संगठन विभागको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पनि पेश गर्ने भएका छन् ।महामन्त्री बर्तौलाका अनुसार भोलि दिउँसो काठमाडौं उपत्यका भेला मार्फत बैठकका निर्णयहरु सार्बजनिक गर्ने छन् ।

केन्द्रीय समितिको बैठक अघि शनिबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको थियो । बैठकले राजनीतिक कार्यपत्र तथा प्रतिवेदनहरु पास गर्नुका साथै केन्द्रीय समिति बैठकका एजेन्डासमेत तय गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार