धनगढीसहितका यातायात कार्यालय अनलाइन प्रणालीमा

धनगढी :यातायात कार्यालयमा अनलाइन प्रणाली सञ्चालन गर्न थालिएको छ। आर्थिक वर्ष २०८०र८१ मा १८ वटा यातायात कार्यालयलाई अनलाइन प्रणालीमा लगिने योजनाअनुसार हालसम्म १४ वटा कार्यालयमा अनलाइन प्रणाली सुरु भएको हो।

सेवाग्राहीको चाप कम गर्दै छिटोछरितो सेवा प्रवाहका लागि यातायात व्यवस्था विभागले पछिल्लो एक सातामा धनगढी, महेन्द्रनगर, नेपालगन्ज, बुटवल र दाङको यातायात कार्यालयमा अनलाइन प्रणालीबाट सेवा सुरु भएको छ। अब अनलाइनबाटै सवारीसाधन दर्ता, लाइसेन्सको कर बुझाउने, नामसारी, दर्ता खारेज र सवारीसाधन नवीकरण जस्ता कार्य हुने छन्।

भदौदेखि सबै यातायात कार्यालयबाट अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा सुरु गर्ने योजनासहित काम थालिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार