विश्वकप छनोट : ब्राजिललाई हराउँदै अर्जेन्टिना शीर्ष स्थानमा

काठमाण्डौ – विश्वकप छनोट खेलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । आज बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग १–० गोलले पराजित भयो । खेलको दोस्रो हाफमा अर्जेन्टिनाका डिफेन्डर निकोलस ओटामेन्डीले ६३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ८१ औँ मिनेटमा ब्राजिल १० खेलाडीमा समेटिएको थियो । जितसँगै अर्जेन्टिनाको ६ खेलमा १५ अङ्क भएको छ । अर्जेन्टिना शीर्ष स्थानमा छ । समान खेलमा ७ अङ्क रहेको ब्राजिल छैठौँ स्थानमा रहेको छ ।

Dengue

अर्जेन्टिना र ब्राजिलबीच आजको खेल सुरु हुनुअघि दुई देशका समर्थकबीच झडप समेत भएको थियो । समर्थकबीच मैदानमा नै झडप भएपछि बिहान रियो दि जेनेरियोको माराकाना रङ्गशालामा आधा घण्टा खेल रोकिएको थियो ।

अर्को खेलमा उरुग्वेले बोलिभियालाई ३–० गोलले हरायो । उरुग्वेका डार्विन ग्याब्रिएल नुनेजले २ गोल गरे । उसले एक गोल उपहार पाएको थियो । उरुग्वे ६ खेलमा १३ अङ्कका साथ दोस्रो स्थानमा छ । यस्तै इक्वेडरले चिलीलाई र कोलम्बियाले पाराग्वेलाई १–० गोलले हराएको छ । उत्तर अमेरिकी महाद्वीपबाट विश्वकपमा सिधै ६ देशले स्थान बनाउनेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार