पाटन नगरपालिका क्षेत्रभित्र भोलि सार्वजनिक बिदा

बैतडी: बैतडीको पाटन नगरपालिका क्षेत्रभित्र भोलि सार्वजनिक बिदा दिइएको छ ।

पाटन नगरपालिका–२ स्थित प्रसिद्ध महारुद्र धाममा जात्रा लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । महारुद्र धाममा लाग्ने जात्रामा स्थानीय दर्शनार्थीहरुको सहभागितालाई मध्यनजर गरेर पाटन नगर क्षेत्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, वडा कार्यालय लगायतमा सार्वजनिक बिदा दिइएको हो ।

Dengue

नगर प्रमुखस्तरीय निर्णय अनुसार भोलि नगरपालिका क्षेत्रका सबै सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा रहेको नगरपालिकाकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार