कञ्चनपुरमा जुवा खेल्ने ८ जना पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा जुवा खेल्ने ८ जना पक्राउ परेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ एठपुरस्थित पारस भट्टले संचालन गरेको चन्द्रदेव राइस मिलमा जुवा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। चन्द्रवेद राइस मिलबाट २ लाख ८ हजार चार सय २६ रुपैयाँसहित ८ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बताए।

Dengue

शुक्रवार राति जुवाखालबाट पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर ४ का दामोदर भट्ट, वडा नम्बर ६ का नरेन्द्र विष्ट, पारस भट्ट, खेमराज लेखक, नरेन्द्र जोशी, वडा नम्बर ८ का सुरत खत्री तथा वडा नम्बर १० का दिपक गिरी र तिलक बैज रहेका छन्।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अबस्थामा नगदर र तास सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार