महिला टि-२० आई सिरिज : आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं : नेपालले महिला टि-२० आई सिरिजमा आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। चार देश सम्मिलित महिला टि-२० आई सिरिजमा दोस्रो खेल आज बिहान ११ :४५ मा सुरु हुँदैछ । हङकङले आयोजना गरेको सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन् ।

बुधबार भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु टोली हङकङलाई हराएर अगाडि बढ्ने लक्ष्य राखेको छ।

आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१ औँ, हङकङ २२औँ, ५१ औँ स्थानमा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार जापानसँग खेल्ने तालिका छ। शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार