सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडीलाई १६ लाख दिने  

कैलाली: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले तीन जना राष्ट्रिय क्रिकेटर लाई सम्मान स्वरूप १६ लाख दिने घोषणा गरेका छन्।

आइतबार कैलालीको लम्कीचुहा नगरपालिकामा किसान सहकारी लम्की जेसिज कपको समापनमा समारोहमा मुख्यमन्त्रीले शाहले यस्तो घोषणा गरेका हुन्।

SHIKHAR COOL TECH

मुख्यमन्त्री शाहको निजी सचिवालयका रामबहादुर बिष्टका अनुसार एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएका कञ्चनपुरका दीपेन्द्रसिंह ऐरीलाई ६ लाख रुपैयाँ दिने घोषणा मुख्यमन्त्रीले गरेका हुन्।

यस्तै नेपाललाई टी–२० विश्व कपमा पुर्‍याउन योगदान दिलाउने कञ्चनपुर घर भएका खेलाडीहरू विनोद भण्डारी र सन्दीप जोरालाई पाँचरपाँच लाख रुपैयाँ सम्मान स्वरूप प्रदान गर्ने मुख्यमन्त्रीले घोषणा गरेको मुख्यमन्त्रीको निजि सचिवालयले जनाएको हो।

मुख्यमन्त्रीको घोषणासँगै अव प्रदेश सरकारले निर्णय गरेर सो रकम खेलाडीलाई चाँडै वितरण गरिने मुख्यमन्त्रीको निजी सचिवालयका विष्टले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार