विश्व कप क्रिकेटमा भारत अपराजित रहँदै सेमिफाइनलमा : नेदरल्यान्ड्स १ सय ६० रनले पराजित

काठमाण्डौ: घरेलु टोली भारत आईसीसी विश्व कप क्रिकेटमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ ।

हिजो भएको खेलमा नेदरल्यान्ड्सलाई १ सय ६० रनले हराएसँगै भारत समूह चरणका सबै ९ खेलमा जितकासाथ सेमिफाइनलमा पुगेको हो । जितको लागि ४ सय ११ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७ ओभर ५ बलमा २ सय ५० रनमा अलआउट भयो ।

Dengue

नेदरल्यान्ड्सका तेजा निडामानुरुले सर्वाधिक ५४ रन बनाए । भारतका कुलदीप यादव, रविन्द्र जडेजा, जस्प्रित बुमराह र मोहम्मद शिराजले समान २ विकेट लिए ।

त्यस्तै, विराट कोहली र रोहित शर्माले एकरएक विकेट लिए । भारतले नेदरल्यान्ड्ससँगको खेलमा आफ्ना ९ खेलाडीलाई बलिङ गरायो । त्यसअघि बेङ्लोरमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय १० रन बनाएको थियो ।

भारतका श्रेयस ऐर सर्वाधिक १ सय २८ रनमा अविजित रहे । लोकेश राहुल १ सय २ रनमा आउट भए । रोहित शर्मा ६१, शुभमन गिल र विराट कोहली ५१ रनमा आउट भए । नेदरल्यान्ड्सका बास डी लिडले २ तथा रोलेफ भान मर्वे र पल भान मार्केनले समान एकरएक विकेट लिए ।

भारतले पहिलो सेमिफाइनलमा पर्सि न्युजिल्यान्डसँग खेल्नेछ । त्यस्तै, दोस्रो सेमिफाइनलमा नोभेम्बर १६ तारिखमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुनेछ । फाइनल खेल नोभेम्बर १९ तारिखमा हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार