कैलालीमा देउसी, भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने

धनगढी: जिल्ला प्रशासन कार्यालय कैलालीले देउसी, भैलो, नाचगानलगायतका कार्यहरु राति ९ बजेसम्ममात्र शान्तिपूर्वक तरिकाले गर्नुपर्ने जनाएको छ ।

यस्तै प्रसाशनले तिहारमा पटका, आतिसबाजी जस्ता प्रज्वलनशील एवम् विस्फोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण तथा प्रयोगमा रोक पनि लगाएको छ ।

Dengue

यसैगरी, मादक पदार्थलगायतका नशालु पदार्थ सेवन गरी पूर्वको समय सार्वजनिक स्थानमा होहल्ला झैझगडाजस्ता कार्य नगर्न आग्रह गरेको छ ।

यस्तै, देउसीभैलीमा दक्षिणाका लागि रकम तोकेर दक्षिणा दिन दबाब दिन नपाइने र देउसी भैलोलगायतका कुनै पनि कार्यक्रम गर्दा सार्वजनिक यातायात एवम् जनजीवनलाई असर पुग्ने गतिविधि गर्न नपाइने प्रशासनले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार