फेरी बढ्यो अमेरिकी डलरको भाउ, अन्य देशको मुद्रालाई कति पर्ला ?

नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रवार अमेरिकी डलरको भाउ बढेको छ । बिहीबार एकको खरिदमा १३२ रुपैयाँ ९४ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५४ पैसा रहेको अमेरिकी डलरको भाउ आज बढेर खरिदमा १३२ रुपैयाँ ९६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५६ पैसा पुगेको छ ।

युरोपियन युरोको भाउ पनि बढेको छ । यसअघि एकको खरिद दर १४१ रुपैयाँ ७८ पैसा र बिक्री दर १४२ पैसा ४२ पैसा रहेको युरोलाई आज खरिदमा १४२ रुपैयाँ १ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६६ पैसा पर्नेछ।

Dengue

त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६२ रुपैयाँ ९८ पैसा र बिक्रीमा १६३ रुपैयाँ ७२ पैसा रहेको छ । यसै गरी अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०१ पैसा र बिक्री दर ८५ रुपैयाँ ४० पैसा र क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३७ पैसा र बिक्री दर ९६ रुपैयाँ ८० पैसा तोकिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार