सुदूरपश्चिम महोत्सव मंसिर २२ गते देखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

धनगढी : धनगढीमा यहीँ मंसिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सवको सुरु हुने भएको छ ।

२२ गतेदेखि सुरु हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने भएका छन् । मंगलबार कलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको टोलीले प्रधानमन्त्री दाहाललाई भेटेरै महोत्सवको उद्घाटनका लागि निम्तो दिएको हुन् ।

Dengue

प्रधानमन्त्री दाहालले पनि उद्योग वाणिज्य सङ्घ कैलालीको निम्तोलाई स्वीकार गरेको अध्यक्ष कुँवरले बताए। निमन्त्रणा कार्यक्रममा संघका उपाध्यक्ष मनोज अग्रवाल लगायत प्रतिनिधिको सहभागिता रहेको थियो ।

सुदूरपश्चिम महोत्सवको १७ औँ संस्करण यही मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीको पशुपति टोलमा आयोजना हुँदैछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार