भूकम्प प्रभावितका लागि राहत दिन हिड्यो धनगढीबाट जनप्रतिनिधिको टोली

धनगढी, कार्तिक २३: धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिको टोली भूकम्प प्रभावितका लागि राहत सामाग्रि लिएर कर्णाली प्रदेश गएको छ। नगरउपप्रमुख कन्दकलाकुमारी रानाको नेतृत्वमा कार्यपालिका सदस्यहरूको टोली विहिबार भूकम्प प्रभावितका लागि राहत सामाग्री बोकेर कर्णाली गएको हो।

कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिममा भूकम्पका कारण जनधनको क्षति भोग्नुपरेकाहरुका लागि उपमहानगरपालिकाले ६ लाख ३५ हजार रुपैयाँको एक सय क्वीन्टल चामल पठाएको हो।

Dengue

२८ औं कार्यपालिका बैठकले कर्णाली प्रदेशका भूकम्प प्रभावितका लागि राहत सामाग्रि पठाउने निर्णय गरेको थियो। सोही बैठकले भूकम्पबाट ज्यान गुमाएकाहरुको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो। एक मनिेट मौन धारण गर्दै बैठकले निधन भएकाहरुप्रति श्रद्धान्जली व्यक्त गरेको थियो। विहिबार विहान नगरप्रमुख गोपाल हमालले कर्णाली प्रदेशको राजधानी सुर्खेतका लागि गएको टोलीलाई राहत सामाग्रिसहित विदाई गरेका थिए।

उपप्रमुखसहितको टोलीले सुर्खेत पुगेर कर्णाली प्रदेश सरकारलाई चामल हस्तान्तरण गरेर फर्कने छ।

उपमहानगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख दीपक भण्डारीले भूकम्प प्रभावितहरुलाई राहत दिन बनाइएको सरकारी एकद्धार प्रणालीमार्फत उक्त खाद्यन्न वितरणका लागि पठाइएको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार