एकदिवसीय विश्वकप क्रिकेट : आज न्यूजिल्याण्ड र श्रीलंका खेल्ने

काठमाडौँ: आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज न्यूजिल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे भारतको बेंगलोरमा सुरु हुनेछ ।

आजको खेलमा न्यूजिल्याण्ड श्रीलंकालाई हराएर सेमिफाइनलको सम्भावना जीवित राख्ने योजनामा रहेको छ । न्यूजिल्याण्डलाई सेमिफाइनलको यात्राका लागि यो खेल जितेर मात्र पनि पुग्दैन अफगानिस्तान र पाकिस्तानसँगको नेटरनरेटमा भर पर्नेछ । श्रीलंका भने सेमिफाइनलको दौडबाट बाहिरी सकेको छ ।

अन्तिम खेलमा अफगानिस्तान र पाकिस्तान पराजित भएमा न्युजिल्यान्डलाई आजको खेलमा जित मात्रै पर्याप्त हुनेछ । तर यी दुई टोली मध्ये एक वा दुबै विजयी भएको खण्डमा भने नेटरनरेट निर्णायक बन्नेछ ।

जारी विश्वकपमा न्यूजिल्याण्ड ८ खेलबाट ८ अंकका साथ तेस्रो स्थानमा रहँदा ४ अंक जोडेको श्रीलंका नवौँ स्थानमा छ । यस्तै एक खेल कम खेलेका पाकिस्तान र अफगानिस्तान दुबैको समान ८–८ अंक छ ।

अन्तिम चारमा रहने टोलीले सेमिफाइनलमा भारतसँग खेल्नेछ । दक्षिण अफ्रिका र अष्ट्रेलियाले दोस्रो सेमिफाइनल खेल्ने पक्का भइसकेको छ । न्युजिल्यान्डले सुरुवाती चार खेल जितेपनि त्यसपछि लगातार चार खेल हारेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार