अछाम: अछाममा अरिङ्गालको टोकाइबाट एक महिलाकोे मुत्यु भएको छ।
जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलका रबिन्द्र देउकरको ३५ वर्षीया श्रीमती सरस्वती देउकरको मंगलबार मुत्यु भएको हो ।
दिउँसो आफ्नो घर नजिकै रहेको कोदोबारीमा कोदोको नल काट्ने क्रममा शरिर भरी एक्कासी अरिङ्गालले टोकेपछि उनी घाइते भएकी सरस्वतीको बयलपाटा अस्पतालमा उपचारको क्रममा सोही साँझ मुत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्