यमनसँग घरेलु मैदानमा ५ मंसिरमा खेल्दै नेपाल

काठमाडौं: फिफा विश्वकप फुटबल प्रतियोगिताको छनोटको दोस्रो चरणमा नेपालले यमनसँग दशरथ रंगशालामा पहिलो खेल खेल्ने तय भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाल र यमनबीचको पहिलो लेग आगामी ५ मंसिरमा हुने छ। खेल साँझ ७ बजे दशरथ रंगशालामा हुने छ।

Dengue

यमनसँगको खेलअघि नेपालले युएईसँग उसकै घरेलु मैदानमा समूह चरणको पहिलो खेल खेल्ने छ। यो खेल कात्तिक ३० गते हुने छ।

नेपाल रहेको समूहमा यमन, युएईसँगै बहराइन रहेको छ। बहराइन र नेपालबीचको पहिलो लेग आगामी २१ मार्चमा हुने छ।

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्बर्टो एनेससँगको सल्लाहमा नेपालको खेल साँझ राखिएको हो। विश्वकप छनोटका लागि एनेसले २६ जना खेलाडीलाई बन्द प्रशिक्षण गराइरहेका छन्। जसबाट अन्ति २३ सदस्य खेलाडीको टुंगो चाँडै लाग्ने एन्फाले जनाएको छ।

एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार खेलका लागि टिकटको मूल्य साधारण प्यारापिटतर्फ ४०० र भिआइपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ।

दोस्रो चरणको सम्पूर्ण खेलको कमर्सियल एन्ड मिडिया राइट सिंगापुरस्थित स्पोर्ट फाइभलाई प्रदान गरिएको एन्फाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार