श्रीलंकाविरुद्ध बंगलादेश तीन विकेटले विजयी

काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा बंगलादेशले श्रीलंकाविरुद्ध तीन विकेटको जित निकालेको छ ।सोमबार नयाँदिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा श्रीलंकाले प्रस्तुत गरेको २८० रनको लक्ष्य बंगलादेशले ४१.१ ओभरमा सात विकेट गुमाएर भेट्टायो ।

बंगलादेशको जितमा नज्मुल हसन सान्तोले ९० रन बनाए । उनले १०१ बलमा १२ चौकाको प्रहार गरे । कप्तान साबिक अल हसनले ६५ बलमा १२ चौका र दुई छक्कासहित ८२ रन जोडे । यस्तै, लिटोन दासले २३, महमुदुल्लाहले २२, ताविद हृदयले अविजित १५ र मुस्फिकर रहिमले १० रन बनाए ।

Dengue

श्रीलंकाका दिलशन मदुसनकाले तीन विकेट लिए । एन्जेलो म्याथ्युज र महेश तिक्क्षणाले समान दुई विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २७९ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका चरिथ अस्लंकाले १०५ बलमा ६ चौका र पाँच छक्कासहित १०८ रन बनाएका थिए । यसैगरी पाथुम निसन्का र सदिरा समराविक्रमाले समान ४१ थपे । धनन्नजय डि सिल्भाले ३४, महेश तिक्क्षणाले २६ र कप्तान कुशल मेन्डिसले १९ रन बनाए ।

बंगलादेशका तान्जिम हसन साकिबले तीन विकेट लिए । सोरिफुल इस्लाम र साकिब अल हसनले समान दुई तथा महदी हसन मिराजले एक विकेट लिए ।

जितसँगै सेमिफाइनल दौडबाट बाहिरिसकेको बंगलादेशले आठ खेलमा चार अंक जोडेको छ । समान खेलबाट चार अंक नै जोडेको श्रीलंकाको पनि यो हारसँगै सेमिफाइनल सम्भावना समाप्त भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार