भारत सरकारबाट प्राप्त राहत सामग्री भूकम्प प्रभावित क्षेत्रतर्फ पठाइयो

भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सुरक्षाकर्मीसहितको टोली नेपालगञ्ज विमानस्थलबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमतर्फ पठाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सशस्त्र प्रहरी सहायक निरीक्षक विनोदसिंह सिख र नेपाल प्रहरीका सहायक हवल्दारको कमाण्डमा राहत सामग्री आज बिहान साढे ९ बजे प्रभावित क्षेत्रतर्फ पठाइएको हो ।

“भूकम्पपीडितका लागि भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली त्यसतर्फ पठाएका छौँ”, उनले भने, “एक ट्रक जाजरकोटका लागि र एक ट्रक रुकुम पश्चिमका प्रभावित क्षेत्रमा पठाइएको हो ।”

Dengue

प्रजिअ पोखरेलका अनुसार उक्त राहत सामग्री प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिनेछ । भारत सरकारबाट प्राप्त उक्त राहत सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्ज विमानस्थलमा आइतबार नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए ।

राहत सामग्रीमा प्लास्टिक तार्पोलिन र त्रिपाल छ सय २५ थान, स्लिपिङ ब्याग एक हजार थान, ब्ल्याङ्केट एक हजार थान, त्यसैगरी ठूलो खालको टेन्ट ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट, औषधि तथा अन्य प्रकारका सामग्री ४८ वटालगायत छन् । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार