सपनामा साना बच्चा देख्नाले दिन्छ यस्तो संकेत

एजेन्सी । रातमा सुतेको बेला विभिन्न प्रकारका सपनाहरु देखिन्छन् । स्वप्न शास्त्रका अनुसार हरेक सपनाको एउटा खास महत्व हुन्छ । केही सपनाले शुभ फल दिन्छन् भने कतिपयले अशुभ फल दिन्छन् । आउनुहोस् जानौं विशेषज्ञ ज्योतिषका अनुसार सपनामा साना साना बच्चा देख्नुको अर्थ कस्तो हुन्छ ।

सपनामा साना बच्चालाई देख्नु कुनै खुशीको खबर आउनुलाई संकेत गर्छ । यसप्रकारको सपनाले घरमा समृद्धिको संकेत पनि दिन्छ । यस्तो सपना देखिएमा तपाईं खुशी हुनुपर्दछ ।

Dengue

सपनामा रोइरहेको बच्चालाई देख्नुको अर्थ तपाईंको कुनै इच्छा छिटै पूरा हुनेछ भन्ने संकेत दिन्छ । यस्तो सपनाले कहिलेकाही घरमा ठूलो विमारीको संकेत पनि ल्याउँछ ।

सपनामा बच्चा दौडिरहेको देख्नुको अर्थ तपाईंको जीवनमा परिवर्तन आउँदैछ भन्ने जनाउँछ । यस्तो सपनाको संकेतले तपाईं कुनै ठूलो कार्यमा सामेल भइरहेको जनाउँछ ।

सपनामा हाँसिरहेको बच्चा देख्नाले राम्रो समाचार पाउने संकेत दिन्छ । यस्तो सपनाले घरमा खुशी तथा बिग्रेको काम पूरा हुने संकेत दिन्छ । यस्तो सपनाले आर्थिक लाभ हुने संकेत पनि दिन्छ ।

सपनामा हाँसिरहेको वा राइरहेको जुम्ल्याहा बच्चा देख्नु भनेको जागिरमा उन्नती हुने संकेत दिन्छ । निसन्तान दम्पतीका लागि यस्तो बच्चा सपनामा देख्नु शुभ मानिन्छ ।

सपनामा यदी तपाईंले कुनै नवजात शिशुलाई काखमा लिएको देख्नुभएको छ भने यसको अर्थ कुनै आफ्नो नजिकको आफन्त वा साथीभाईको घरमा बच्चा जन्म हुने खुशीको खबर आउने संकेत दिन्छ ।

सपनामा यदी तपाईं कुनै ठूलो बच्चालाई देख्नुहुन्छ भने पनि शुभ संकेत मानिन्छ । यस्तो सपनाले तपाईंको जीवनमा सकारात्मक परिवर्तन लिएर आउँछ भन्ने मान्यता रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार