बैतडीमा दसैँपछि नागरिकता लिनेको भिड बढ्यो

बैतडी । दसैँको बिदा सकिएपछि जिल्ला प्रशासन कार्यालय बैतडीमा नागरिकता लिने सेवाग्राहीको भिड बढेको छ । यसअघि दैनिक ३०र४० जनाले नागरिकता लिने गरेकोमा दसैँ बिदापछि दैनिक दुई सय जनाले नागरिकता लिइरहेका छन् ।

दसैँ बिदा सकिएको भोलिपल्ट आइतबारदेखि प्रशासन कार्यालयमा सेवाग्राहीको सङ्ख्या बढेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताए।

Dengue

नागरिकता लिनेको सङ्ख्या बढेपछि कार्यालय समय सकिएपछि पनि नागरिकता वितरण भइरहेको सूचना अधिकारी शङ्कर बोहराले बताए। दसैँको समयमा जिल्लाबाहिर रहेका घर फर्केका बेला नागरिकता लिनका लागि पुग्ने भएकाले सेवाग्राहीको सङ्ख्या बढेको उनले बताए।

दसैँमा घर आएका बेला छोराछोरीको नागरिकता बनाउन आएको सेवाग्राही पवनकुमार भट्टले बताए। बैतडी घर भई पूर्वको विराटनगरमा कार्यरत भट्टले दसैँमा घर आएको मौकाको सदुपयोग गरेको बताए ।

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको सङ्ख्या बढेपछि कार्यालय समयभन्दा पछि पनि सेवा प्रदान भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

सेवा लिनका लागि कार्यालयमा पुगेका सेवाग्राहीलाई कुनै समस्या नहोस् भनेर कार्यालय समयपछि पनि काम गरिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता प्रदान गर्नुका साथै राहदानी, राष्ट्रिय परिचयपत्र र अन्य सिफारिससमेत प्रदान गर्दै आएको छ । गोरखापत्र

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार