एक पछी अर्को चमत्कार गर्दै मञ्जुश्री, आम्दानीसँगै बढ्यो नाफा

धनगढी-मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ। विवरण अनुसार फाइनान्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा फाइनान्सले ८ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६।३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

Dengue

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १०.७८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९०.१९ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा फाइनान्सको कुल सञ्चालन आम्दानी १८.७६ र सञ्चालन मुनाफा १६.८४ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी ३ रुपैयाँ ४५ पैसा बढेर २४ रुपैयाँ ५० पैसा पुगेको छ। असोज मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात २०.५३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ १० पैसा रहेको छ।

१ अर्ब ३५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा ७८ करोड ५८ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा फाइनान्सको निक्षेप ११.०९ प्रतिशत बढेको छ भने कर्जा ८.०६ प्रतिशत बढेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार