अभियन्ता तारा बरालले गरिन् पूर्वएआईजी संग बिहे गर्ने सहमति

काठमाडौँ– नेपाल प्रहरीका पूर्व एआइजीपी तथा समाजसेवी रण बहादुर चन्द र सामाजिक अभियन्ता तारा बरालबीच विवाह गर्ने सहमति भएको छ ।बिहिवार साँझ चन्द र बरालले संयुक्त रुपमा लिखित सहमति गरी केहिदिन पछि कानुनी प्रक्रियाबाट विवाह गर्ने सहमति गरेका हुन् ।

उनीहरु दुबैले गरेको सहमतिमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट भएको अर्नगल प्रचार गरी व्यक्तिगत, सामाजिक, पारिवारीक तथा राजनैतिक छविमा आँच पुर्याउने कार्य भएको भन्दै छिट्टै आवश्यक कागजपत्रसहित कानुनी विवाह गर्ने उल्लेख छ ।
वि.स. २०४१ सालमा शारदा चन्दसँग विवाह गरेका चन्दले २०६२ चैत्र २५ गते सडक दुर्घटनामा श्रीमतीको मृत्यु भएपछि एकल पुरुषको जीवन व्यतित गर्दै आएको सहमतिमा उल्लेख छ । त्यस्तै वि.स. २०५६ वैशाख ३ गते गणेश गौतमसँग विवाह गरेकी अभियन्ता बरालसमेत कार दुर्घटनामा श्रीमान्कोे मृत्युपश्चात एकल महिलाको जीवन व्यतित गर्दै आइरहेको सहमतिमा उल्लेख छ ।

SHIKHAR COOL TECH

यस्तो छ विवाह गर्ने सहमति

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार