सन्दीपले एकै ओभरमा लिए दुई विकेट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानविरुद्ध नेपालका सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको ओमानले १४औँ ओभरमा दुई विकेट गुमाएको हो । सन्दीपले ओभरको पहिलो बलमा आयान खानलाई बोल्ड गरे । लगत्तै सन्दीपले मेहरन खानलाई एलबीडब्ल्यूको सिकार बनाए ।

Dengue

जारी खेलको १४ ओभर सकिँदा ओमानले ६ विकेट गुमाएर ९८ रन बनाएको छ । त्यसअघि, नेपालका सोमपाल कामीले दुई विकेट लिए । करण केसी र गुल्सन झाले समान एक विकेट लिए ।

नेपाल आज लगातार तेस्रो जितसहित समूह ‘ए’को विजेता बन्ने लक्ष्यमा छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरलाई आठ र मंगलबार दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार