प्रधानमन्त्री प्रचण्ड आज बुटवल जाँदै

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदैछन्। आम्दा अस्पतालको २५ औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्नका लागि प्रधानमन्त्री दाहाल बुटबल जान लागेका हुन्।

आम्दा नेपाल, तत्कालीन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रिपक्षीय लगानीमा निर्माण भएको उक्त अस्पताल ५० शय्या बनाइएको थियो।

Dengue

तर, अहिले सो अस्पतालको क्षमता विस्तार गरी २ सय शय्याको बनाउने भएपछि प्रधानमन्त्री प्रचण्डले नयाँ भवनको शिलान्यास गर्नेछन्।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयका अनुसार प्रधानमन्त्री प्रचण्डले अस्पतालको थप २०० शय्या भवनको शिलान्यास र शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार