बडा दशैँको आज छैटौं दिन,कात्यायिनी भगवतीको पुजा

काठमाण्डौ, ३ कार्तिक । हिन्दु नेपालीहरुको महान चाँड बडा दशैँको आज छैटौं दिन । आजको दिनमा कात्यायिनी भगवतीको पुजा तथा अर्चना गरिन्छ । वरात्रीको छैटौं दिन आज अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ ।

आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग, शोक, भय, दुख, दरिद्र जस्ता संकट नाश भई मानिस प्रगति पथमा अगाडि बढ्ने धार्मिक बिश्वास रहेको पाइन्छ ।

Galaxy

यस दिन पनि घटस्थापनाका दिन राखिएका जमरामा जलशेचन गर्ने र दुर्गा भवानीलाई खुसी पारी शक्ति प्राप्त गर्न ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ नवार्ण मन्त्र वा ‘ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ नवाक्षर मन्त्र १०८ पटक जपी दुर्गा सप्तशती या चण्डीपाठ गर्नुपर्ने मार्कण्डेय पुराणमा उल्लेख छ ।

मस्तकमा अर्धचन्द्र धारण गरेकी, नाना प्रकारका अलंकार या आभूषणबाट सुशोभित भएकी, चार हात भएकी, दाहिने हातमा वर तथा अभय मुद्रा प्रदर्शित गरिरहेकी तथा देबे्र हातमा पद्म, पुष्प तथा तरबार धारण गरेकी स्वरूपमा कात्यायनी देवीलाई मानिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार