लम्कीचुहा नगरपालिकालाई ३० टन क्षमताको शीतभण्डार हस्तान्तरण

धनगढी, २ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकार, कृषि विकास निर्देशनालयले कैलालीको लम्कीचुहा नगरपालिकालाई ३० टन क्षमताको शीतभण्डार निर्माण गरी हस्तान्तरण गरेको छ ।

प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷७९ को रु. ५५ लाख बराबरको लागतमा लम्कीचुहा नगरपालिका–४ कौवापुरमा निमार्ण गरिएको उक्त शीतभण्डारको चाबी हस्तान्तरण गरिएको हो । शीतभण्डारको चाबी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरी, निर्देशनालयका निर्देशक यज्ञराज जोशी र कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले संयुक्त रूपमा नगरप्रमुख सुशीला शाहीलाई हस्तान्तरण गरे ।

Dengue

सो अवसरमा मन्त्री चौधरीले कृषि विकासका लागि किसानलाई गर्नुपर्ने सहयोगका लागि सरकार क्रियाशील रहेको बताए । नगर प्रमुख शाहीले शीतभण्डारको प्रयोगबाट किसानलाई राहत हुने विश्वास व्यक्त गर्दैै यसलाई कार्यविधि बनाएर छिट्टै सञ्चालनमा ल्याउने जानकारी दिए ।

शीतभण्डारको उपलब्धताले उत्पादन भएका कृषिउपजको व्यावस्थापन, भण्डारण र बजारीकरणमा सहयोग पुग्ने बताइएको छ । निर्देशनालयका निर्देशक जोशीले प्रदेशका सबै नौ जिल्लामा शीतभण्डार निर्माण गरी हस्तान्तरण गर्ने सरकारको नीतिले कृषि उत्पादन र व्यवसायीकरणमा सहयोग पुग्ने बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले ठूलो लगानीमा बढी क्षमताका शीतभण्डारको सञ्चालनभन्दा यस्ता स–साना शीतभण्डार सञ्चालन र व्यवस्थापन गर्न किसानलाई सहज हुने देखिएको बताए ।

लम्कीचुहा नगरपालिकाको सहकार्यमा उक्त शीतभण्डार किसान बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालनमा ल्याउन लागेको छ । शीतभण्डारमा तीन ब्लकमा बढीमा ३० टन तकारी भण्डारण गर्न सकिने बताइएको छ ।

रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार