आगामी चुनावमा कांग्रेसले गठबन्धन गरे पार्टी रहदैन : महामन्त्री थापा

काठमाण्डौ, २ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् । बिहीबार उनले अबको चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन गर्न नहुने बताएका हुन् ।

बागमती प्रदेशका केही कांग्रेस सांसदहरूले माओवादीलाई मुख्यमन्त्री फेर्न भनेर आफूलाई भेट्न आएको पनि उनले बताए ।
‘बागमती प्रदेशका केही कांग्रेस सांसद मलाई भेट्न आए । माओवादीलाई मुख्यमन्त्री मान्न सकिन्न सरकार फेरौं भन्नुभएको छ।

Dengue

म यो काम गर्दिनँ, सभापति र शेखर कोइरालालाई भेट्न भनेको छु,’ थापाले भने । कोशी प्रदेशमा भएको घटनाक्रमबारे उनले सभापति शेरबहादुर देउवा आफैं जिम्मेवार हुनुपर्ने बताए। अँध्यारो कोठामा बैठक गरी निर्णय गरेकाले अब फोहोर पनि आफैंले उठाउनुपर्ने भनेर हात जोडेर देउवासँग भनेको पनि उनले बताएका छन्।

‘सभापति देउवालाई हात जोडेर भनेको छु, आफू अँध्यारो कोठामा बैठक गरेर निर्णय गर्ने गर्नुहुन्छ। अब फोहोर पनि आफैं उठाउनुस्,’ उनले भने । फागुन १ गतेलाई कांग्रेसले जनयुद्ध दिवसको रूपमा मान्न नसक्ने पनि उनको भनाइ थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार