धनगढी २ कार्तिक । कञ्चनपुरबाट चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–४ का २० वर्षीय युबराज शाहु बुधवार साँझ पक्राउ परेका हुन् ।
उनलाई जिल्ला अदालत कञ्चनपुरले चोरी मुद्धामा २०७८ कात्र्तिक ७ गते ९ महिना कैद सजायको फैसला सुनाएपछि फरार रहेका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बुधबार उनलाई घरकै ठेगानामा फेला पारी पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्