धनगढी, ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच दलिय सामाजवादी मोर्चा केन्द्रमा एउटै दल बनाएर लाग्ने बताएका छन् । सोमबार सामाजवादी मोर्चाको धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको नेतृत्व सामाज वादी मोर्चाले मात्र गर्न सक्ने भन्दै केन्द्रमा एउटै दल बनाएर जाने बताएका हुन ।
उनले सबै सामाजवादी मोर्चा सुशानको पक्षमा उभिएको दावी गरे । प्रधानमन्त्री प्रचण्डले देशमा भ्रष्टचारको अन्त्य गर्ने र सुशासन कायम गर्ने बताएका छन् । नक्कलि भुटानि सरणार्थि प्रकरणको अनुसन्धा जारी रहेको बताउदै उनले ललिता निवास जग्गा प्रकरणको अनुसनधान जारी रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले केही फाई चाडै खोलिने बताएका छन् ।भ्रष्टाचारका सबै फाइलहरु मिलाएको उदको भनाइ छ ।“साथिहरु काम गरेको देख्दा ठोक ठोक भन्नु हुन्छ‘प्रधानमन्त्री प्रचण्डले भने’ तर मिलाएर ठोकिन भने आफै ठोकाई खाइन्छ भन्ने डर छ ।”प्रधानमन्त्री प्रचण्डले यही गठबन्धन पाँच वर्षसम्म चल्ने बताए ।
उनले समाजवादी मोर्चाको अन्तिम गन्तव्य एउटै पार्टी भएको समेत जनाए । प्रधान मन्त्री प्रचण्डले इजरायल घटनामा आफ्ना देशका नागरी स्वदेश फर्काउने पहिलो देश भएको बताएका छन् । इजरायल घटनामा अन्य देशका नागरीक पनि परेको बताउदै आफ्नो जहाज पठाएर नेपालली विद्यार्थि स्वदेश फर्काउने नेपाल पहिलो देश भएको उनको दावी छ ।
प्रतिक्रिया दिनुहोस्