दार्चुलामा भिरबाट खसेको ढुङ्गा लाग्दा एक जनाको मृत्यु

धनगढी, २९ असोज । दार्चुलामा भिरबाट खसेको ढुङ्गा लाग्दा एक जनाको ज्यान गएको छ । जिल्लाको दुहुँ गाउँपालिका–१ बाच्पालीकी ५० वर्षीया जयमती महरको आइतवार ज्यान गएको हो ।

दार्चुला प्रहरीका अनुसार घरदेखि अन्दाजी ५ सय मिटर टाढा रातापोड भन्ने स्थानमा आईतबार दिउँसो घाँस काट्ने क्रममा भिर माथिबाट ढुङ्गा खसेर टाउकोमा चोट लाग्दा उनि गम्भिर घाइते भएकी थिइन ।

Dengue

घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा आइतवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार