धनगढी, २९ असोज । धनगढीबाट प्रहरीले अबैध सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–३ राष्ट्रिय बाणिज्य बैंक नजिकबाट अबैधरुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ७६ हजार २ सय मूल्य बराबरको कपडा, खुद्रा सामान आईतवार प्रहरी गस्ती टोलीले बरामद गरेको हो ।
बरामद गरिएको सामान आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्