धनगढी, २९ असोज । बैतडी घर भएका एक सैनिक जवानको मृत्यु भएको छ । आइतबार बिहान बैतडी घर भइ धनुषाको धारापानीस्थित ब्यारेकमा कार्यरत सैनिक जवान विक्रम सिँह बोहराको ज्यान गएको हो ।
धनुषाको लालगढ र महोत्तरी बर्दिवासको बीचमा रहेको रातु खोलको पुलबाट हाम फाल्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ । तर परिवारले भने हाम फालेको हुन नसक्ने बताएका छन् ।
घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्