धनगढी, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले कैलालीको सीमानाका गौरीफन्टा र कञ्चनपुरको सीमानाका गड्डाचौकीमा हेल्प डेस्क स्थापना गरेको छ ।
दशैं मनाउन भारतबाट घर फर्किनेलाई लक्षित गरी हेल्प डेस्क स्थापना गरिएको हो । हेल्प डेस्कमा दशैं मनाउन फर्किएकालाई आवश्यक सहयोग र समन्वय गरी पानी पिउने सुविधा दिइएको रास्वपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्