धनगढी, २७ असोज । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले धनगढी–खुटिया–दीपायल सडक चाडै खोलिनु पर्ने बताएका छन् ।
शुक्रबार कैलालीको अत्तरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री आलेले बझाङको उरैभञ्ज्याङ हुँदै चीनको ताक्लाकोट जोड्ने धनगढी–खुटिया–दीपायल सडकमा पर्याप्त बजेट विनियोजन गरी चाडै सञ्चालनमा ल्याउनु पर्ने बताए ।
उनले यहाँका बैकल्पिक राजमार्ग निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरी चीनसँगको नाका अविलम्ब खोलीनु पर्ने धारणा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्