धनगढी, २६ असोज । कैलालीको गोदावरी नगरपालिका – २ का मदन सिहले २५ जना विद्यार्थीलाई सुइटर सहयोग गरेका छन ।
उनले आफ्ना वुवा मन्धीर सिहको पहिलो श्राद्यमा मष्टाधामका अध्यक्ष गणेश जिमी साउँद मार्फत गोदावरी नगरपालिका – ४ वण्डगडामा रहेको ग्वालादेउ आधारभूत विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई सुइटर सहयोग गरेका हुन ।
शुक्रबार विद्यालयमा पुगेर अध्यक्ष साउँदले २५ जना विपन्न विद्यार्थीलाई सुइटर हस्तान्तरण गरेका थिए । विपन्न विद्यार्थीलाई सुइटर सहयोग गरेकोमा विद्यालयले धन्यावाद ज्ञापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्