फर्किएनन् विपिन,अझै कहाँ छन् थाहा छैन

मिडिया रिपोर्टका अनुसार इजरायली बाहेक ६ देखि ८ जना हमासको अपहरणमा परेका छन् जस मध्ये मेक्सिकन २ जना, ब्राजिलियन ३ जना, एक जना नेपाली विद्यार्थी र एक जना ब्रिटिस नागरिक छन् । साथै जर्मनी र थाइल्याण्डका ११ जना पनि हमासको अपहरणमा परेको आशंका अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले गरेका छन् । इजरायलबाट स्वदेश फर्किदै गरेका अधिकांश नेपाली विद्यार्थीहरूले यही रिपोर्ट शेयर गरेका छन् । उनीहरूले विपिनको अवस्था पत्ता लगाउन सबैसँग आग्रह गरेका छन् ।

विद्यार्थी लिन आफै इजरायलको तेल अभिभ विमानस्थल पुगेर फर्कीएका परराष्ट्र मन्त्री एनपी साउदले समेत विपिनको अवस्था पत्ता लगाउन कुनै अन्तराष्ट्रिय नियोगहरूलाई आग्रह गर्न सकेनन् । इजरायलस्थित नेपाली दुतावासका अधिकारीहरूले भने इजरायली सेना, रेडक्रस, ह्युमन राइट्सका अधिकारीहरूसँग समन्वय भैरहेको तर कतैबाट जानकारी प्राप्त नभएको बताउँदै आएका छन् । साथै अस्पतालहरु समेत विपिनको खोजी भैरहेको दुतावासको दाबी छ । अलजजिराका अनुसार अहिले ५ हजार भन्दा बढी प्यालेस्टाइनीहरु इजरायलको जेलमा छन् । जस मध्ये ३३ जना महिला र १७० जना बालबालिका छन् ।हमासको अल कसाम बिग्रेडका प्रवक्ता अबु उबैदाले इजरायलमा आक्रमण गरि इजरायली जेलमा रहेका प्यालेस्टाइनीहरु छुटाउन पुग्नेगरि इजरायली सैनिकहरूलाई बन्धक बनाउन सफल भएको दाबी गरेको थियो ।

Dengue


इजरायली सैन्य प्रवक्ता रियर एडम ड्यानियल हगारीले पनि हमासले इजरायलीहरुलाई बन्दक बनाएको स्विकार गरेका छन् तर उनले ति सैनिक हुन वा सर्वसाधारण पनि छन भने भन्न चाहेनन् ।सार्वजनिक भैरहेको भिडियोहरूमा हमासका लडाकुहरूले मानिसहरूलाई निर्मम तरिकाले अपहरण गरेर गाडीमा कोचेको देखिन्छ भने महिलाहरूलाई समेत अमानवीय तरिकाले बन्धक बनाएर गाजा क्षेत्र तर्फ लैजाँदै गरेको देखिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार