एक दिनका लागि १४ वर्षीया किशोरी बनिन् जिल्ला समन्वय समिति प्रमुख

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका–५ नराकोटकी १४ वर्षीया किशोरी गोमा चौलागाईं एक दिनका लागि जिल्ला समन्वय समिति जुम्लाको प्रमुख बनेकी छन् ।जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले किशोरीहरूको आत्मबल बढाउन र हौसला प्रदान गर्नका लागि एक दिनका लागि समन्वय प्रमुखको पद हस्तान्तरण गरेका हुन् । ‘एक दिन भए पनि समन्वय समितिको प्रमुख बन्न पाउँदा निकै खुसी छु । प्रमुखको कुर्चीमा बसेर असल जनप्रतिनिधिका रूपमा काम गर्न पाइयो,’ उनले आफ्नो अनुभव साटिन् ।


एक दिनका लागि समन्वय प्रमुख बनेकी चौलागाईंले जिल्लासभा चलाएर तीनवटा निर्णय पनि पारित गरिन् । उनले जुम्लाका सबै स्थानीय तहमा रहेका बालविवाह, घरेलु हिंसा र लैंगिक हिंसा न्यूनीकरणका लागि सरोकारवालासँग समन्वय गर्ने, बालविवाह मुक्त जिल्ला घोषणाका लागि पहल गर्ने निर्णय पारित गराएकी हुन् । उनका ती निर्णय जिल्लासभाले पारित गरेको हो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार