सुदूरपश्चिमका उधोग, पर्यटन, मन्त्री धामीले गरे कैलालीका उधोगहरुको अनुगमन

धनगढी, २४ असोज । सुदूरपश्चिम प्रदेशका उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिहं धामी सहितको टिमले कैलालीका बिभिन्न उधोगहरुको अनुगमन गरेको छ । उधोग हरुको स्थिती र बजारमा बिक्रि गरिने उपभोग्य बस्तुहरुबारे जानकारी लिन मन्त्री धामी सहित बिभिन्न निकायको टिम कैलालीका केही उधोगहरुमा अनुगमनका लागी गएको हो ।

धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा पर्ने ४ वटा उधोगहरुको अनुगमन गरेको मन्त्री रमेश सिहं धामीले जानकारी दिए । अनुगमन कसैलाई दण्ड जरिवानाका लागी मात्रै नभएर उधोगीहरुका समस्या र उपभोग्य बस्तुहूको अवस्था बुझ्नका लागी गरिएको मन्त्री धामीको भनाई छ ।

Dengue

उधोगीका समस्या समाधानका लागी सरकारले पहल गर्ने बताउँदै मन्त्री धामीले केही उधोगहरुले नियम बिपरित काम गरेको समेत भेटिएकाले कानुन बमोजिम कर्मचारीहरुले कार्वाही अगाडी बढाउने जानकारी दिए । अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण निर्देशनालय, जिल्ला प्रशासन कार्यलय कैलाली ,

जिल्ला प्रहरी कार्यलय कैलाली, जिल्ला समन्वय समितिको कार्यलय कैलाली, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय कैलाली, वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण कार्यलय कैलाली, धनगढी उपमहानगर कार्यपालिकाको कार्यलय धनगढी, घरेलु तथा साना उधोग कार्यलय कैलालीका प्रतिनिधि सहितको टोली सहितको अनुगमन गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार