कञ्चनपुर, कञ्चनपुरको महेन्द्रनगरका व्यापारीहरुले प्रहरी प्रशासनले दशैंको मुखमा छापा मारेर अनावश्यक दुःख दिएको भन्दै महेन्द्रनगर बजार बन्द गरेका छन् ।
कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेम बिक्रम थापाको अगुवाईमा महेन्द्रनगर बजार बन्द गरिएको हो । उनीहरुले दशैंको मुखमा छापा मारेर व्यवसायीहरुलाई आतंकित गरेको भन्दै त्यसको बिरोधमा बजार बन्द गर्नुपरेको बताएका छन् ।
यस घट्नामा कञ्चनपुर उद्योग वाणिज्य संघ भने मौन छ । व्यवसायीहरुले कञ्चनपुर उद्योग वाणिज्य संघ कहाँ छ भनेर प्रश्न गरिरहेका छन् ।

प्रतिक्रिया दनुहोस्